आज:  | Wed, 22, Jan, 2025

संसारकै सबैभन्दा ठूलो महाकुम्भ मेलास् आस्थाको भव्य सङ्गम

७ माघ २०८१, सोमबार ०७:०४ मा प्रकाशित ( १ दिन अघि) ११७९ पटक पढिएको
नारी बाटिका


भारत ।

संसारकै सबैभन्दा ठूलो भारतमा आयोजना गरिने धार्मिक महाकुम्भ मेला भेला हो, । जनवरी १३ देखि शुरू भएको महाकुम्भ मेलामा सहभागी हुन भारतीय नागरिक मात्रै नभई संसारभरिबाट श्रद्धालु भक्तहरू प्रयागराजमा आइरहेका छन् । महाकुम्भ मेला आगामी २५ फरेवरिसम्म चल्नेछ ।

धार्मिक आध्यात्मिकता र सांस्कृतिक परम्पराहरूमा गहिरो रूपमा जरो गाडेको यस मेलाले संसारभरिका लाखौँ तीर्थयात्री, सन्त र भक्तहरूलाई आकर्षित गर्दछ । यस मेला चारवटा पवित्र नदी किनारहरूमा लाग्ने गर्दछ । जस अनुसार प्रयागराज (गंगा–यमुना)सरस्वती सङ्गम, हरिद्वार (गंगा), नासिक (गोदावरी), र उज्जैन (शिप्रा) मा चक्रीय रूपमा आयोजना गर्ने गरिन्छ ।

यस तिर्थस्थल तथा नदीको नामहरु महाभारत लगायतका विभिन्न धार्मिक ग्रन्थहरुमा पनि समावेश गरिएको छ ।कुम्भ मेलाको उत्पत्ति प्राचीन हिन्दू पौराणिक कथासँग सम्बन्धित रहेको छ । विभिन्न धार्मिक शाश्रहरुमा उल्लेख गरिए अनुसार, अमृत प्राप्त गर्न देवता र दानवहरूले समुद्र मन्थन गरेका थिए । त्यसै समयमा अमृतको घडा (कुम्भ)का केही थोपा पृथ्वीका चार स्थान प्रयागराज, हरिद्वार, नासिक, र उज्जैनमा खसेकाले यी स्थानहरू पवित्र तिर्थस्थलका रुपमा मानिएको छ।

ती प्रत्येक स्थानमा प्रत्येक १२ वर्षमा आयोजना गरिने महाकुम्भ मेला घुमफिर गर्ने ढाँचामा चल्छ। ताराहरूको ज्योतिषीय अवस्थाका आधारमा मितिहरू निर्धारण गरिन्छ, र यो कार्यक्रम केही हप्तासम्म जारी रहन्छ । यस उत्सवको मुख्य आकर्षण शाही स्नान (राजसी स्नान) हो, जहाँ भक्तहरूले पवित्र नदीमा डुबुल्की मानै गछन्, जसलाई पापबाट मुक्ति र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

महाकुम्भ मेला आध्यात्मिक नेताहरू, साधुहरू र तपस्वीहरूको जमघट हुन्छ, जहाँ उनीहरूले आफ्ना विशिष्ट अभ्यास र शिक्षाहरू प्रस्तुत गर्छन् । शान्त नागा बाबाहरु,साधुहरूदेखि लिएर सन्तहरूको बौद्धिक प्रवचन हुन्छ ।

यस पर्वमा विविध आध्यात्मिक परम्पराहरूको संगम मानिन्छ । तीर्थयात्रीहरूले आशीर्वाद प्राप्त गर्ने, धार्मिक प्रवचन सुन्ने र सांस्कृतिक गतिविधिमा भाग लिने महाकुम्भ मेला एउटा पर्व मात्र नभई महत्वपुर्ण एकताको, भक्तिभाव, र आध्यात्मिकताको अनुभव पनि हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस