आज:  | Thu, 16, Jan, 2025

त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास ; उप्रेती

३ माघ २०८१, बिहीबार ०७:१६ मा प्रकाशित ( ८ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ माघ ।

राप्रपा सह कोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गरेकाछन् ।

काठमाडौं जिल्ला अदालतमा बहस सकेर फर्किने क्रममा एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको थियोे । सामाजिक संजालबाट आक्रमणको विरोध गर्दै उप्रेतीले घटनामा संग्लग्नलाई कडा भन्दा कडा कारवाही गर्न मागसमेत गरेकाछन् ।

उप्रेती लेख्छन – “आफ्नो कानुन व्यवसायको संदर्भमा अदालतमा वहस गरेकै कारण कानुन व्यवसायीमाथि भएको हातपात निन्दनीय छ । यसले कानुनी राज्यको धज्जी उडाएको छ ।

यस्तै उप्रेतीले भनेका छन् ‘ कुनै पनि प्रकारका अराजकता, गुन्डागर्दी नेपाली समाजमा स्विकार्य हुन सक्दैन । अपराधिलाई तत्काल गिरफ्तार गरि कानुनी कार्यवाहीको लागि सरकार संग हार्दिक अपिल गर्दै अपराधका विरुद्द एक हुन काठमाडौवासी प्रती हार्दिक अपिल गर्दछु ।”

साथै उप्रेतीले अपराधकाविरुद्व एक हुन काठमाडौवासीलाई अपिल समेत गरेकाछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस