आज:  | Wed, 15, Jan, 2025

२७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै ,भुकम्प प्रतिरोधी सचेतना जगाउन आवश्यक रहेको

२ माघ २०८१, बुधबार ०७:५९ मा प्रकाशित ( ९ घण्टा अघि) १४५८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ माघ

पहिला पहिला जति अल्को र ठुला घर बनाउन सक्यो त्थो ने समाजको गन्नेमान्ने व्यत्ति देखिने धारणा पाईन्थ्यो । तर पहिल्लो समयमा जति साना, र होँचा घर बनाउन सक्यो त्यति नै त्यस घरमा बस्ने मानिस सुरक्षित हुन्छ भन्ने मान्न्यता रहेको बेला नेपाल जस्तो मलुकमा २०७२ को भुकम्पले त राम्रै पाठ सिकायर गएको छ ।

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज विविध कार्यकम गरी देशव्यापी रूपमा २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ।

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै थालिएको हो।

तर अल्को र ठुला भवन बनाउँदैमा भुकम्पको जोखिम हुन्छ भन्ने चैं हैन ।असुरक्ष्ति तरिकाले भवन निर्माण गर्दा गत २०७२ को भुकम्पले साना घरहरुपनि क्षति भएको यथार्थ छ । त्यस भुकम्पले नेपाललाई पनि धेरै कुरा सिकाउर गएको छ । यसका बारेमा विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू पनि बलियो बनाउनुपर्नेमा उहाँको सुझाव छ ।

यसैगरी खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने ? विपद्‌मा कसरी संयमता अपनाउन ? सुरक्षित हुने तरिकाहरू के हुने ? लगायतका बारेमा सचेतना जगाउन सके आगमी दिनमा हुने भूकम्पीय क्षति कम हुने धारणा राख्नु हुन्छ ।

संखुवासभाको चैनपुर केन्द्रबिन्दु भएर गएको १९९० माघ २ को भूकम्पले नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । सोही भुकम्पबाट ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचनाहरुमा क्षति पुर्याएको थियो।

त्यसैगरी २०४५ साल भदौं ५ गते उदयपुर केन्द्रविन्दु भएर गएको भूकम्पमा ७ सय मानिसले ज्यान गुमाएका थिए। यस्तै २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट करिब ९ हजारको मृत्यु भएको थियो।

साथै २०८० कात्तिक १७ मा गएको जाजरकोट भूकम्पले पनि धेरै जनधनको क्षति भएको थियो। उक्त भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो भने सम्रचनाहरु पनि भत्किएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस