आज:  | Wed, 15, Jan, 2025

छुट्टा छुट्टै सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु, तीन जना घाइते

१ माघ २०८१, मंगलवार १७:३४ मा प्रकाशित ( १८ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ माघ ।

शोमबार र मंगलवारको काठमाडौं, बाँके, बर्दिया, ललितपुर, सर्लाही र मोरङका विभिन्न स्थानमा भएका छुटाछुट्टै सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका(३२ आकाशे पुल नजिक पार्किङ्गमा राखेको बा।३ ख ४८६५ नम्बरको बसमा बा.५२ प ३३०५ नम्बरको मोटरसाइकल ठक्कर खाई गएराति भएको दुर्घटनाबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्ने ४० वर्षीय राम तामाङ रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएपछी राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडी सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका(२० बाबाघाट पुलस्थित सडकमा राँझाबाट थपुवातर्फ जाँदै गरेको भे.२ त ११९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका(२० बस्ने २२ वर्षीय महेश बर्माको मृत्यु भएको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका(१५ जमुनाहस्थित सडकमा नेपालगंजबाट जमुनाहतर्फ जाँदै गरेको भे.९ प २७९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री डुडुवा गाउँपालिका(६ कालाबन्जर घर भएका ५० वर्षीय नन्कु भन्ने शिवशंकर चौहानको मृत्यु भएको छ ।

सोमबार साँझ मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बर्दिया, ठाकुरबाबा नगरपालिका(२ बलाती चोकस्थित सडकमा भे।११ प ८२९२ नम्बरको मोटरसाइकल र भे।.१ प ४७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सोमबारको दुर्घटनाबाट भे.११ प ८२९२ नम्बरको मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका(२ बस्ने ५२ वर्षीय दिप बहादुर बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको स्थानीय नगर अस्पताल भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे।.१ प ८२९२ नम्बरको मोटरसाइकलमा सवार १ जना र भे११ प ४७३८ नम्बरको मोटरसाइकल चालकको मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ ।

यस्तै, ललितपुर महानगरपालिका९२९ हरिसिद्धीस्थित सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री मकवानपुर घर भइ सोही बस्ने ५२ वर्षीय भिमराज थिङको सोमबार बेलुकी मृत्यु भएको छ । भएका उनको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको, बागमती नगरपालिका(५ रेङ्बा टोलको पुछर सडकमा पुतलीचोकबाट सोल्टीतर्फ जाँदै गरेको बा.प्र ०२(०२८ प ७५९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बागमती नगरपालिका(१० सोल्टी बस्ने २५ वर्षीय यज्ञ गौतमको मृत्यु भएको छ ।

उनको नवजिवन अस्पताल बरहथवा हुँदै प्रादेशिक अस्पताल मलगंवामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि स्वाभिमान अस्पताल हरिवन पठाइएको छ ।

यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका(३ अधिकारी चोकस्थित सडकमा रमितेबाट धोबेनी बजारतर्फ जाँदै गरेको प्र१(०४(००१ प ३६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही गाउँपालिका(३ बस्ने ३४ वर्षीय प्रदिप राईको मृत्यु भएको छ । राईको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका(१४ स्थित सडकमा रानीबाट बिराटनगरतर्फ जाँदै गरेको प्र।१(०१(००१ ख ४४८३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया हक्री खातुनको सोमबार साँझ मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस