आज:  | Tue, 14, Jan, 2025

प्रहरीका आठ जना अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

२९ पुष २०८१, सोमबार १७:३६ मा प्रकाशित ( १ दिन अघि) १४५८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २९ पुस ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस २६ गतेको निर्णयअनुसार नेपाल प्रहरीका आठ जना अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज एक समारोहकाबिच पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहका अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको थियो ।
प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ पुस २८ मा बसेको बैठकले उहाँहरुलाई पदोन्नति गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ५ जना र प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहनु भएको छ ।

उक्त समारोहलाई सम्बोधन गर्नु हुंदै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्नु हुंदै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुशी भन्दा माथि राख्दै पदिय जिम्मेवारी र जवाफदेहीता थप भएको महसुस गरेर कार्य सम्पादनमा अझ निखर र तल्लीन बनाउन निर्देशन दिनु भएको छ ।

महानिरीक्षक कुँवरले संगठनको विकास र सुदृढिकरणको लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेशागत निष्ठा, व्यावसायिकता, इमानदारीता र धैर्यतालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन समेत सहभागी प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।

यसैगरी पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले संगठनको छवि उच्च गर्ने र यसको बृहत्तर हितको लागि सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नु भयो। सोही समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस