आज:  | Tue, 14, Jan, 2025

देउवाको नामबाट नक्कली प्रेस वक्तव्य निकालेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण

२९ पुष २०८१, सोमबार ०८:१२ मा प्रकाशित ( १ दिन अघि) २२६४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २९ पुस ।

कांग्रेस केन्द्रीय कार्यलयले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्क‍ली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राखी पार्टीभित्र भ्रम छरेको भन्‍दै गम्भीर ध्यानाकर्षण गराएको छ।

नेपाली काँग्रेस केन्द्रीय पार्टी मुख्‍यालयका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

वर्तमान गठबन्धनको सरकार र नेपाली राजनीतिलाई तरङ्गित पार्ने कार्य भएको र सो बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित पार्ने कुत्सीत मनसायबाट सामाजिक संन्जालमा राखिएको पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

उक्त नक्कली प्रेस वक्तव्य नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्ति मार्फमा भनिएको छ ।

साथै पार्टीले त्यस्ता गैरकानुनी कार्यमा संलग्न भएकालाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ भने भ्रमित गतिविधिबाट प्रभावित नहुन पार्टी कार्यकर्तालगायत नेपाली नागरिकहरु सबैमा अनुरोध समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस