आज:  | Sun, 12, Jan, 2025

जिल्ला अदालत काठमाडौँमा रवि लामिछानेको बयान आजबाट

२८ पुष २०८१, आईतवार १४:२३ मा प्रकाशित ( ५ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


फाईल तस्वीर

काठमाडौँ २८ पुस ।

रास्वपाका सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा बयान भईरहेको छ। उनी अदालतमा आफैँ हाजिर भएका हुन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान चलिरहेको छ। बयानका लागि आज विहान ९ बजे उनी अदालमा उपस्थित भएका थिए।

यही पुस २५ मा उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएसंगै पुस २६ गते साँझ काठमाडौँ पुगेका लामिछाने आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा उपस्थिती भएका हुन्।

काठमाडौंको कालिमाटीमा संन्चालित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा यही पुस २१ गते लामिछाने सहित ३९ जनाविरुद्धमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

उनीविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दर्ता गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस