आज:  | Sun, 12, Jan, 2025

नेपाल ट्रेड युनियन काँग्रेस धादिङद्वारा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

२७ पुष २०८१, शनिबार २०:०३ मा प्रकाशित ( १९ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


बिबियु
नारी संन्चार संवाददाता

धादिङ २७ पुस ।


नेपाल ट्रेड युनियन काँग्रेस धादिङले आबद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ ।

शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा जिल्ला युनियनमा आवद्ध संघका प्रमुख एवं्  प्रतिनिधिहरुलाई ट्रेड युनियनको काम, कर्तव्य र अधिकार बारे जानकारी दिईएको हो ।
कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोष र ट्रेड युनियनमा आवद्ध विभिन्न सवद्ध संस्थाको बारेमा सहभागीलाई आफ्नो पेशागत सुरक्षामा सचेत रहन जानकारी गराइएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस धादिङका अध्यक्ष धुर्व रिजालको अध्यक्षता, तथा नेपाल ट्रेड युनियन केन्द्रीय उप महासचिव बलदेव तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो  ।

उक्त प्रशिक्षण कायक्रममा केन्द्रीय सदस्य विष्णु खड्का,केन्द्रीय सदस्य,विष्णु  अधिकारी वागमती प्रदेश अध्यक्ष गणेश भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

यसैगरी वागमती प्रदेशका उपाध्यक्ष तुलसी प्रशाद अधिकारी,प्रदेश माधिवेशन प्रतिनिधि विष्णुहरी अधिकारी,प्रदेश माधिवेशन प्रतिनिधि भगवती उप्रेती,जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा

कार्यसमितिका अदाधिकारीहरु,,विषयगत संघका प्रमुखहरु पालिका प्रमुख एवं् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्नु हुंदै केन्द्रीय उप महासचिव बलदेव तामाङले रोजगार प्रवर्दन तथा विभिन्न क्षेत्रमा मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न

साथै  योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न सबै ट्रेड युनियनमा आवद्ध संघ संस्थाहरु सक्रिय बन्नु पर्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस