आज:  | Sun, 12, Jan, 2025

मकवानपुरमा भएको दुर्घटनाको अपडेट : चालकको मृत्यु, १३ जना सक्त घाइते

२७ पुष २०८१, शनिबार १९:०० मा प्रकाशित ( १८ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु

मकवानपुर २७ पुस ।

आज मकवानपुरमा कार र स्कर्पियो एकापसमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने १३ जना गम्भीर रुपमा घाइते भएका छन्।

आज दिउँसो कार र स्कर्पियो एकापसमा ठोक्किँदा कार चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भयो।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ स्थित सडकमा ठोक्किएर दुर्घटना भएको थियो।

दर्घटना ग्रस्त कारमा सवार तीनजना र स्कार्पियोमा सवार १० जना यात्रुमध्य सबैजसो गम्भीर घाइते भएका छन् भने घाइते अधिकांशको हात, खुट्टा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरी प्रवक्ता अर्यालले बताउनु भयो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार स्कर्पियो चालकको पहिचान खुल्न सकेको छैन भने सो सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि चितवन अस्पताल पठाइएको अर्यालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस