आज:  | Fri, 10, Jan, 2025

एमालेलार्य झिँगाले सरापेर डिँगा मर्दैन : प्रधानमन्त्री ओली

२५ पुष २०८१, बिहीबार १९:४६ मा प्रकाशित ( १६ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ पुस ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर एमालेकाविरुद्धमा केही राजनितिकदल लागेका भएपनि अहिले एमालेले नै सरकारको नेतृत्व गरिरहेको बताउनु भएको छ।

आज एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको उहाँको भनाई थियो।

यस्तै आफू इमान्दारी साथ काम गर्ने व्यक्ति भएको दावी गर्नु भएको छ। सोही क्रममा प्रधानमन्त्री यलीले झिँगाले सरापेर डिँगा नमर्ने भन्दै अरूले सरापेर एमाले नसकिने टिप्पणी समेत गर्नु भयो ।

प्रधानमन्त्री ओलीले ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए। चुनावपछि टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने। भित्तैमा टाँसिदिन्छु भने। एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने। के चैँ भन्न बाँकी राखेनन् र ?

त्यस्तै केपी ओली, को केपी ओली ? अब को केपी ओली भन्ने म बताउन्नँ। मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो। इमान्दारी साथ काम गर्छ। झिँगाले सराप्दा डिँगा मर्दैन भन्ने भनाइ छ।’ उहाँको कथन थियो ।

उहाँले भन्नु भयो, युवा शक्ति एमालेको साथमा छ कि छैन भन्ने कुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनु पर्ने बताएका छन्। उहाँले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस