आज:  | Thu, 09, Jan, 2025

‘एचएमपीभी भाइरसले रुघाखोकी मात्रै, हल्लाको पछाडि नलाग्न मन्त्रालयको अनुरोध

२५ पुष २०८१, बिहीबार ०७:५१ मा प्रकाशित ( २१ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ पुस ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मानव मेटाप्न्यूमो भाइरस’ एचएमपीभी)ले रुघाखोकी मात्रै, गराउने बताएको छ । हालै छिमेकी देश चीनमा देखिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ एचएमपीभी) साधारण भाइरस भएको र उक्त भाइरले रुघाखोकी मात्रै, गराउने भएकोले आत्तिएर हल्लाको पछाडि नलाग्न पनि मन्त्रालयको अनुरोध गरेको छ ।

पछिल्लो समयमा चिनमा सो भाइरस देखिएपछी सिमानाकाबाट उक्त भाइरसको सक्रमणले नेपालमा जोखिम बढ्न सक्ने भएकोले नागरिकहरुमा एक खालको त्रास छाउन थालेपछी मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछाडि नलाग्न आग्रह गरेको हो ।

‘विज्ञप्तिमा भनिएको छ,जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, तर मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो’, विज्ञप्तिमा भनिएको छ, ‘जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ ।’

यसैगरी मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको संक्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको पनि जनाएको छ।

साथै मन्त्रालयले स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ।

यद्यपी एचएमपीभी, एम्प्क्सलगायत संक्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन भने मन्त्रालयले अनुरोध गरेको छ।

यससंगै मन्त्रालयले बिरामीको नजिक÷सम्पर्कमा नजान,साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिनसमेत अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस