आज:  | Thu, 09, Jan, 2025

शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय प्रभावित

२४ पुष २०८१, बुधबार १५:२४ मा प्रकाशित ( १ दिन अघि) १६७५ पटक पढिएको
नारी बाटिका


रौतहट २४ पुस ।

रौतहटमा शीतलहरसँगै चिसो बढेपछि पालिकाले शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । हाल शीतलहरबाट बाक्लो शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर गौर इशनाथ फतुवाका विद्यालयहरु प्रभावित भएका छन् ।

त्यसैगरी विजयपुर,बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । तराईका अधिकांश जिल्लामा अत्यधिक चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जनाएको छ ।

चिसो बढ्दै गएपछी धेरै जसो विद्यालयमा विद्यार्थीहरुमा चिसोको प्रभाव पर्नको साथै विद्यार्थीको संख्या घट्नथालेपछि विद्यालयको पठन पाठनमा समस्या भएको भन्दै विद्यालय वन्द गरिएको बताइएको ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस