आज:  | Tue, 07, Jan, 2025

ऋषिकेशलाई सहकारी ठगी आरोप लागेपछि स्वकीय सचिव निस्कासित

१९ पुष २०८१, शुक्रबार १९:०३ मा प्रकाशित ( ३ दिन अघि) १७३७ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९ पुस ।

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई सहकारी ठगीको आरोप लागेको छ । पत्नी अञ्जला कोइरालालाई अघि सारेर खोलेको उमागौरी कृषि सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएपछी उनी अहिले स्वकीय सचिवको बदमासीले तनावमा परेका छन् ।

हाल उनकी पत्नी अञ्जला सहकारी ठगीको आरोपमा हाल फरार रहेकी छिन् । ऋषिकेशका स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन् । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जला कोइराला फरार भएकी हुन् ।

घर सल्लाहमा भगाइएकी पत्नीको बिदा स्वीकृत गराउन स्कूललाई दबाब दिइरहेका पोखरेललाई फेरि अर्को तनाव सुरु भएको बुझिन आएको छ । स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेल माथि सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ ।

स्वकीय सचिव पोखरेलले एबीबीबीएसमा नाम निकालिदिने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगी गरेको कुरा बाहिरिएपछि सभापति पोखरेलले शुक्रबार स्वकीय सचिव अनिलकुमारलाई पदबाट निकालेका हुुन् ।

स्वकीय सचिव पोखरेललाई ठगीमा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले २०८१ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । तर, उच्च अदालतको परमादेशपछि पनि ऋषिकेशले अनिललाई सहयोगीमा रूपमा यथावत् राखेका थिए ।

यस प्रकरणको ११ पुसमा प्रमाणीकरण भएसँगै सभापति पोखरेले बल्ल शुक्रबार पदबाट हटाएका हुन् । अदालतले परमादेश दिए पनि सभापति पोखरेलले शुक्रबारसम्म अनिललाई स्वकीय सचिवका रूपमा यथावत् राखेको खुलेको छ । यस विषयमा समाचार प्रकाशन भएपछी मात्रै उनले पदबाट हटाएका हुन् ।

ठगीको विषय समाचारमा आएपछि स्वकीय सचिवबाट हटाएका सभापति पोखरेलले ठगी प्रकरणमा फरार रहेकी पत्नी अञ्जला कोइरालाको स्कूल बिदा थपको निवेदन भने पठाएका छन् । पत्नी कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस