आज:  | Sun, 05, Jan, 2025

भीम रावलले एमाले र कांग्रेसका असन्तुष्ट नेता सामेल गरी नयाँ पार्टी घोषणा गर्दै

१६ पुष २०८१, मंगलवार १४:२४ मा प्रकाशित ( ५ दिन अघि) २४८१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ पुस ।

नेकपा एमालेको साधारण सदस्यबाट समेत निस्काशनमा परेका नेता भीम रावलले नयाँ पार्टी बनाउने भएका छन् ।

रावलले नयाँ पार्टी घोषणा गर्नका लागि भोली बुधबार पत्रकार सम्मेलन बोलाएका छन् । कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलनको लागी बोलाइएको छ ।

रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्न आजसम्म आन्तरिक गृहकार्य भइरहेको छ । रावलले अहिले आफू समर्थक विभिन्न नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् ।

एक स्रोतले जनाए अनुसार भोली पत्रकार सम्मेलन आयोजना गरिएको र त्यहाँबाट केही नयाँ विषय घोषणा हुने बताए। स्रोतले भन्यो ‘उहाँ अहिले छलफलमा हुनुहुन्छ । बुधबार पत्रकार सम्मेलन बोलाएको पक्का हो । त्यहीबाट विशेष घोषणा गर्नका लागि रावलले भेटघाटलाई तीव्र पारेका छन् ।’

नयाँ पार्टी घोषणा हुने वा के हुने भन्ने कुरा पनि त्यही पत्रकार सम्मेलनबाट नै धेरै कुरा थाहा हुन्छ ।’रावल निकट स्रोतका अनुसार पार्टी खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ । अहिले त्यसको साङ्गठनिक स्वरूपबारे छलफल भइरहेको छ ।

रावलको नयाँ पार्टीमा सुदूरपश्चिमका नेकपा एमाले र काङ्ग्रेस पार्टिीका पहुँचवाला नेतसंग असन्तुष्ट रहेका केही नेता सहभागी हुने सम्भावना रहेको बताइएको छ । यद्यपि नयाँ पार्टीमा कोको नेता सहभागी हुने भनेर अहिलेसम्म टुङ्गो लागिसकेको भने छैन ।

नेकपा एमालेले पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै अघिल्लो हप्ता रावललाई सङ्गठित सदस्यबाट समेत निस्कासित गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस