आज:  | Sun, 05, Jan, 2025

४.६ रेक्टर स्केलको भूकम्पको धक्का

१६ पुष २०८१, मंगलवार ०९:५८ मा प्रकाशित ( ५ दिन अघि) २०१६ पटक पढिएको
नारी बाटिका


बैतडी १६ पुस ।

मंगलबार बैतडी सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको थियो। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार आज आज विहान ४.६ रेक्टर स्केलको भूकम्प गएको बताउनु भयो ।

साथै भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस