आज:  | Sat, 04, Jan, 2025

‘गिरिबन्धु टि स्टेटमा ओलीको बदमासी पर्दाफास गरेरै छाड्छु’

१५ पुष २०८१, सोमबार १८:४८ मा प्रकाशित ( ५ दिन अघि) २०७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १५ पुस ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र कांग्रेस सभापति देउवाको अनुसन्धान गर्दा आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनु भएको छ ।

उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा(५ को गौरीगञ्ज गाउँपालिकामा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्नु हुंदै यस्तो आरोप लगाएका हुन्।

उहाँले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेपछी र नक्कली भूटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै आफ्नो सरकार ढालेको बताउनु भएको थियो।

आफुलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको आरोप लगाउँदै उहाँले गिरिबन्धु टि स्टेटमा प्रधानमन्त्री ओलीले बदमासी गरेको र प्रधानमन्त्री ओलीको बदमासी पर्दाफास गरेरै छाड्ने घोषणा समेत गर्नु भएको छ।

‘उहाँले भन्नु भयो तर म गिरिबन्धु टि स्टेटमा गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्नेछु। गिरिबन्धुको, ओम्नीको, वाइडबडीका तमाम समस्या छन्। मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको छ। किनभने भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो‚’।

यस्तै उहाँको भनाई थियो मेरो सुई अब गिरिबन्धुतिर जाँदै थियो‚ गिरिबन्धुतिर भनेको ओलीतिर जाने भनेको हो। बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर जाँदै थियो। त्यसपछि म माथी एउटा आतंक मच्चिाईएको हो।’

साथै प्रचण्डले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी र बेइमान भएको आरोपसमेत लगाउनु भयो। म तपाईँहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमान मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दै छु‚’।

उहाँले भन्नु भयो ‘उहाँको दिमागमा जालझेलबाहेक अरु भएको देखिँदैन‚ जालझेल नै गरिराख्नु हुन्छ।’उनले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिबद्धता जनाउनु भयो। संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको उनको दावी थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस