आज:  | Sat, 19, Apr, 2025

सुमो गाडी दुर्घटना हुंदा एक वृद्धको उपचारका क्रममा मृत्यु

११ पुष २०८१, बिहीबार ०९:४१ मा प्रकाशित ( ३ महिना अघि) ५०५४ पटक पढिएको
नारी बाटिका


खोटाङ ११ पुस ।

खोटाङमा सुमो गाडी दुर्घटना गाडी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर खोटाङ तर्फ जाँदै गरेको ना१ज ७१८१ नंको सुमो गाडी केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा बुधबार दुर्घटना हुँदा गम्भीर घाइते बनेका राईको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

राईलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरी गाउँपालिकाको एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल पुर्याइएको थियो । राईको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेकाले बचाउन नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा रुपेश सङ्ग्रौलाको भनाई छ ।

सडकमा रोकी राखेको सुमो आफैँ गुडेर दुर्घटना भएपछि फरार भएका सुमो चालक ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल निवासी ३६ वर्षीय शत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेका छन् ।

फरार रहेका उक्त सुमोका चालक राई जिल्ला प्रहरीले जिल्ला अस्पताल खोटाङ लगी स्वास्थ्य परीक्षणपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस