आज:  | Wed, 25, Dec, 2024

कारले ठक्कर दिँदा स्कुटर चालक लामाको मृत्यु

९ पुष २०८१, मंगलवार ०९:५१ मा प्रकाशित ( १ दिन अघि) १८९२ पटक पढिएको
नारी बाटिका


हेटौंडा ९ पुस ।

मंगलबार मकवानपुरमा भारतीय कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका(१ तिरतिरे धारा नजिक हिजो साँझ कारको ठक्करबाट स्कुटर चालक स्थानीय अन्दाजी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बिआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ आउँद्यै गरेको बागमती प्रदेश ०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

उक्त कारको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका लागी हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । सोही स्कुटरमा पछाडि सवार २५ वर्षीया बबिता लामा भने घाइते भएकी छन्।

घाईते बबिता लामाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने कार चालक भारतको बिहार राज्यका २४ वर्षीय सुकर्णप्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस