आज:  | Wed, 25, Dec, 2024

थाईल्याण्ड र म्यानमार जाने नेपालीका लागी सावधान हुन परराष्ट्रको आग्रह

९ पुष २०८१, मंगलवार ०६:२३ मा प्रकाशित ( १ दिन अघि) १६७५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ९ पुस ।

सरकारले म्यानमार, थाईल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकमा गएका वा जाने तयारीमा रहेका नेपालीलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले शोमबार एक सूचना जारी गर्दै ती देशमा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गरेको छ । उक्त देशहरुमा गएका वा जाने तयारीमा रहेका नेपालीहरुको लागी रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोग मार्फत जानकारी लिन पनि सावधान गराएको छ ।

यसैगरी विदेशी फर्म(कम्पनी)रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म(कम्पनी)रोजगारदाताको वेबसाइट जाँच गरी पुष्टी गर्न समेत आग्रह गरेको छ।

पछिल्ला दिनमा मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा सङ्लग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२। १३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या बढेका छन् ।

यस विषयमा जानकारी गराउँदै नेपाली दूतावास याङ्गुन र बैंककमा उद्धारका लागि आवेदन गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । सो घटनाप्रति मन्त्रालयले ध्यानाकर्षण भई रहेको पनि जनाएको छ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेश पुर्‍याई अलपत्र पार्ने एवं निषेध गरिएका काममा सङ्लग्न नहुन वा त्यस्ता गैरकानुनी कार्य नगर्न, नगराउन र यसतर्फ सचेत रहन सबैमा अनुरोध गरेको हो।

यससंगै मन्त्रालयले अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगी आदिमा सङ्लग्न शंकास्पद आईटी फर्मले बैंककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार लगी बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ।

उल्लिखित विषय लगायत सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली दूतावास यांगुनका द्वितीय सचिव गंगा सुन्दासको टेलिफोन नम्बर ं९५–०१–९५४५८८०र०१–९५५७१६८ र हटलाइनरभाइबररवाट्सएप नं ं९५ ९२५१२४२०५१ तथा नेपाली दूतावास बैंककका प्रथम सचिव खगराज पाण्डेको टेलिफोन नम्बर ं६६८६९९१५५५४ (वाट्सएप)लाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

यसअघि थाईल्याण्ड र म्यानमारमा प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएईलगायत मुलुकमा रहेका नेपालीलाई थाईल्याण्डको बैंकक र याङ्गुनको अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमाररको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध काममा लगाइएको घटना सार्वजनिक भएको थियो।

उक्त विषयमा मन्त्रालयबाट विसं २०७९ पुसमा यात्रासम्बन्धी सूचना जारी गरेपछि प्रलोभनमा परी उक्त क्षेत्रमा जाने नेपाली नागरिकको सङ्ख्यामा कमी आएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस