आज:  | Wed, 05, Feb, 2025

रवि लामिछाने विरुद्ध तीनवटा मुद्दा दर्ता भयो

७ पुष २०८१, आईतवार १६:०५ मा प्रकाशित ( १ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


पोखरा ७ पुस ।

कास्की अदालतमा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा मुद्दा दर्ता भएको छ ।

पक्राउ परेको ९२ दिन पछि (रास्वपा)का सभापति रवी लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।

कास्की जिल्ला अदालतमा आज (आईतबार लामिछानेविरुद्ध अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।

सूचना अधिकारी शर्माका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको बताइएको छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा लामिछाने सहित ४४ जनालाई विपक्षी बनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस