आज:  | Sat, 21, Dec, 2024

५.२ म्याग्निच्यूडको भूकम्पको झट्का बाजुराका, केही घरमा क्षति

६ पुष २०८१, शनिबार १०:४५ मा प्रकाशित ( १३ घण्टा अघि) २०४७ पटक पढिएको
नारी बाटिका


बाजुरा ६ पुस ।

बाजुराको जगन्नाथ गाउँपालिका–५मा आज बिहान ४ः१४ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। प्रारम्भिक रिपोर्ट अनुसार, मानवीय क्षति नभएको भए पनि केही घरमा क्षति पुगेको प्रहरीले बताइएको छ ।

प्रहरीका अनुसार, भौतिक क्षतिका विवरण सङ्कलन भइरहेको छ । “केही घरमा क्षति भएको हुन सक्छ, तर मानवीय क्षतिबारे हालसम् कुनै सूचना प्राप्त भएको छैन,” जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले पनि मानवीय क्षति नभएको पुष्टि गर्नु भएको छ। “धेरै ठाउँमा भूकम्पको धक्का महसुस भए पनि कुनै गम्भीर क्षतिको सूचना प्राप्त नभएको बताउनु भयो।

गोत्री क्षेत्र केन्द्रबिन्दु भएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ । केन्द्रका अनुसार, यस भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस