आज:  | Sat, 21, Dec, 2024

सूर्यदर्शन सहकारी ठगीमा जिबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता

६ पुष २०८१, शनिबार ०५:५४ मा प्रकाशित ( १८ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


पोखरा ६ पुस ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपलचन प्रकरणमा १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ ।

शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)लगायत १९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग दायर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जिबीसँगै सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायता १९ जनाविरुद्धमा थप अभियोग जारी भएको छ।

जिबी राई भने फरारको सूचीमा रहेका छन् भने रम्तेल र गुरुङ पुर्पक्षका लागि थुनामा नै छन् । सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)राईसँग मिलेर सूर्यदर्शन सहकारी संस्थाको तीन करोड भन्दा बढी रकम हिनामिना गरेका प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सोही प्रकरणमा गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालविरुद्धमा भने भोली आइतबार अभियोग दर्ता गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्धको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा बुझाई सकेको छ।

उक्त रायसहितको प्रतिवेदनमा ५१ जनाविरुद्ध प्रतिवादी बनाइएको छ । सोही प्रकरणमा ६५ जनाविरुद्ध प्रतिवादी बनाउनुपर्ने भएता पनि बाँकी १४ जनाको नाम वतन खुलेको छैन। १९ जना प्रतिवादीविरुद्ध यो भन्दा पहिले नै अभियोग दर्ता भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस