आज:  | Sun, 22, Dec, 2024

भारतका प्रेमी भेट्न भनी हिँडेका २९ जना किशोरीसहित १३२को वीरगञ्ज नाकाबाट उद्धार

५ पुष २०८१, शुक्रबार ०८:१८ मा प्रकाशित ( २ दिन अघि) १०५५ पटक पढिएको
नारी बाटिका


वीरगञ्ज ५ मंसिर ।

एक वर्षमा २९ जना नेपाली किशोरीहरु भारतीय प्रेमीलाई भेट्ने बहानामा भारत तर्फ जाँदै गर्दा वीरगञ्ज नाकाबाट उद्धार गरिएको छ ।  भारत तर्फ लैजाँदै गर्दा माइती नेपाल शाखा कार्यालय वीरगञ्जले उनीहरुसहित अन्य समेत गरी १३२को वीरगञ्ज नाकाबाट उद्धार गरिएको हो ।  वीरगञ्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जना बालबालिका तथा महिलाको उद्धार भएको थियो ।

विरगंन्जस्थित माइती नेपाल कार्यालयले किशोरीहरुलाई विभिन्न बाहना देखाएर भारत तर्फ लैजान लागेका एक सय ३२ जनालाई नेपाल–भारत सीमावर्ती क्षेत्र शङ्कराचार्य गेटबाट उद्धार गरिएको हो । माइती नेपाल शाखा कार्यालय वीरगञ्जका सुपरभाइजर गोमा पौडेलले एक वर्षको अवधिमा भारत लैजान लागिएका एक सय ३२ बालबालिका तथा महिलालाई उद्धार गरिएको जानकारी दिइन् ।

विगतदेखी नै ‘माइती नेपालले नेपाल–भारतको सीमावर्ती क्षेत्र नजिक पर्ने शङ्कराचार्य गेटमा कर्मचारी खटाएर नेपालबाट भारत लैजान लागेका बालबालिका तथा महिलाको विषयमा नियमित रुपमा निरीक्षण गर्दै आइरहेको छ,’ उनले भनिन्, ‘सो क्रममा शङ्कास्पद गतिविधि देखिएकालाई उद्धार गरेर आवश्यक परामर्श दिँदै आइएको छ ।’

माइती नेपालले भारतको पटनास्थित ‘उई विनर’ नेटवर्किङमा काम गर्न जान लागेका ३५ जनालाई सीमा क्षेत्रबाटै उद्धार गरेको छ । यस्तै भारतीय केटाहरुले नेपाली किशोरीहरुलाई सामाजिक संन्जालबाट प्रेममा परेर उनीहरुलाई भेट्ने निहुँमा हिँडेका २९ जना किशोरीलाई पनि उद्धार गरेको हो । कार्यालयले विहारका विभिन्न जिल्ला घुम्न जाने बाहना गर्ने २७ जना, काम गर्न जान लागेको बाहना देखाउने १७ जनालाई उद्धार गरेको छ ।

यसैगरी समान किन्न जान लागेको बाहना देखाउने १४ जनालाई उद्धार गरी फिर्ता ल्याएको छ । उद्धार गरिएकामध्ये १८ वर्षसम्मका उमेर समूहका ५४ जना र १९ वर्षमाथिका उमेर समूहका ७८ जना रहेको बताइएको छ ।

माइती नेपालले गत वर्षमा पनि सीमा क्षेत्रबाट एक सय ९२ जना बालबालिका तथा महिलाको उद्धार गरेको थियो । माइती नेपाल अन्तर्रगतको वीरगञ्ज कार्यालयले भारतमा जनचेतनाका कारण मानवबेचविखनका लागि लैजाने प्रवृत्तिमा भने केही कमी आएको पाइएको छ ।

सो क्रममा माइती नेपालले एक वर्षमा सीमा क्षेत्रमा २१ हजार तीन सय ७२ स्थानीय सवारीसाधनमा जाँच गरेको थियो । चेक जाँचका क्रममा २५ हजार छ सय १५ जनालाई सीमा क्षेत्रमा मानवबेचविखन सम्बन्धी परामर्श दिएको छ । कार्यालयले गत वर्ष भारतका विभिन्न राज्यबाट १८ जना बालबालिका तथा महिलाको पनि उद्धार गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस