आज:  | Sun, 22, Dec, 2024

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा पंगेनीको निधन

५ पुष २०८१, शुक्रबार ०५:०९ मा प्रकाशित ( २ दिन अघि) २५७४ पटक पढिएको
नारी बाटिका


प्रवास -५ मंसिर ।

१० वर्षदेखी अमेरिकामा क्यान्सरबाट पिडित भएका विवेक पंगेनीको निधन भएको छ । पिएचडी अध्ययनको लागी अमेरिका गएका पंगेनी विगत १० वर्षदेखी क्यान्सरसँग संघर्ष गरिरहेका उनको अस्पतालमा उपचारका क्रममा बिहिबार निधन भएको हो।

चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमान विवेकलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । साथै सिर्जनाले आफ्ना थला परेर बसेमा विमारी श्रीमानलाई वर्षौंसम्म एकदमै राम्रो हेरचाह र स्याहार सुसार गरेर परिवारप्रतिको भुमिका निभाएकै कारण सामाजिक संन्जालमा समेत श्रीमती सिर्जनाको निकै चर्चा हुने गरेको थियो ।

घरभरी बालबच्चा हंदापनि विशेषगरी नेपाली समाजका परुषहरुले श्रीमतीको निधन भएको १३ दिन पग्नसाथै अर्की विहे गर्छन् भने झन् विरामी भएर घरमा श्रमती थला नै परेकी अवस्थामा त दोस्रो विहे गर्ने गर्दछन् । तर एक रथका दुई पांग्रा भनेर व्याख्या गर्ने गरेको नेपाली समाजमा असल आचरण र स्वभाव भएकी नारीले श्रीमान र परिवारका लागी लाखौं योगदान गरेका हुन्छन् ।जुन कार्यले सिर्जनाले घर परिवार लगायत सबैबाट एक असल श्रीमतीको दर्जा पाएकी थिईन् ।

सिर्जनाले श्रीमानको अवस्था नाजुक बन्दै गएपछि ससुरालाई नेपालबाट झिकाएकी थिइन् । मृतक विवेकको शव नेपाल ल्याउने वा नल्याउने टुंगो लागीसकेको छैन । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको छ । विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए ।

तर दैवको खेल भनौं या परिस्थतीजन्य भनौं उनी अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आफ्नी आमाको निधन भएपछि उनी नेपाल आए । आमाको काजक्रिया सकेर अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिन थाल्यो । विवेकको अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्न अस्पताल लैजाँदा थाहा भयो, की विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ ।

त्यसपछि श्रीमती सिर्जनासहित उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो । तर विवेक दिन प्रतिदिन विवेकलाई ठिक होला भन्दा झन् झन् क्यान्सर रोगले च्याप्दै गयो र उनी अमेरिकामा मृत्युसँग संघर्ष गरिरहेको अवस्था थियो ।

यता नेपालमा भने सोही समयमा उनका भाइ विवेकको पनि दुर्घटनामा निधन भएको थियो । भाइ अस्ताएको चार महिनापछि दाइ विवेकको हिजो बिहिबार क्यान्सरको उपचार कै क्रममा मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस