आज:  | Wed, 05, Feb, 2025

लागु पदार्थ सेवन गरी गाडी चलाएका ७ जना चालक नियन्त्रणमा

४ पुष २०८१, बिहीबार ०६:१८ मा प्रकाशित ( १ महिना अघि) २६३६ पटक पढिएको
नारी बाटिका


सिन्धुली ४ पुस ।

लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वि.पि.राजमार्गमा चल्ने विभिन्न ६५ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य जाँच गर्दा ७ जना चालकले लागु पदार्थ सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बुधबार बर्दीबासबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१४५ नं.को ईलेक्ट्रीक गाडी चालक महोत्तरी, बर्दीबास नगरपालिका १४ का। २७ बर्षिया सौरभ भुजेल, राजविराजबाट काठमाण्डौ जाँदै गरेको बा.प्र.०१–००५ ख ९६७१ नं.को हाइस चालक सप्तरीको रुपनी गाउँपालिका।२ का ३६ बर्षिया गजेन्द्र कुमार यादब, रहेका छन् ।

पक्राउ पर्नेमा झापाबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ४१९० नं. को हाइस चालक झापा जिल्लाको बुद्ध शान्ती गाउँपालिका २ का ३१ बर्षिया तुल्सी दर्जीलाई नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो ।

प्रहरीको अनुसार लागु पदार्थ सेवन गरी सवारी चलाउने कटारीबाट सर्लाही जाँदै गरेको प्र।२–०१–००१ ख ००७० नं. को ट्रक चालक उदयपुरको कटारी नगरपालिका १४ का ३० बर्षिया चन्द्र बहादुर दमाई, सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको ना १ ज ८७१४ नं.को विङ्गर चालक सर्लाहीको लालबन्दी नगरपालिका ५ का ४१ बर्षिया राज कुमार घिमिरे रहेका छन् ।

त्यसैगरी सर्लाहीबाट खुर्कोट जाँदै गरेको प्र।२–०४–००१ च ०११४ नं. को पिकअप चालक सर्लाहीको लालबन्दी नगरपालिका।५ का २४ बर्षिया विष्णु अधिकारी र काठमाण्डौबाट झापा जाँदै गरेको बा ४ ख ६६७७ नं. को हाइस चालक दोलखाको कालिन्चोक गाउँपालिका ९ का ४३ बर्षिया दिपक राज चिमरीयालाई पनि नियन्त्रणमा लिइएको छ ।

लागु पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको निजहरुलाई लागु औषध नियन्त्रण ऐन वमोजिम आवश्यक कारवाहीको लागि प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना तथा जिल्ला जन–स्वास्थ्य कार्यालय, सिन्धुलीको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यालय,भिमानबाट खटिएको संयुक्त टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

नेपालमा प्रत्येक दिन हुने कुनै न कुनै सवारी दुर्घटनामा परी कयौं यात्रीहरुले ज्यान गुपाईरहेका अवस्था छ ।सबै समस्यामा रहेको सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको माध्यमबाट हुने लागु पदार्थ ओसारपसारको कार्यलाई रोकथाम गर्ने उद्वेश्यले पछिल्लो समयमा अन द स्पोट चालकहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएकोले ट्राफिक तथा नेपाल प्रहरीको यस कार्यलाई गति दिन सके नेपालमा सवारी दुर्घटनामा केही कमी आउन सक्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस