आज:  | Sun, 22, Dec, 2024

विदेशी शक्ति बड्दै जाँदा संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँको कठपुतलीको आरोप

३ पुष २०८१, बुधबार ०४:१७ मा प्रकाशित ( ४ दिन अघि) २१०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ पुस ।

संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री वद्री पाण्डेमाथि विदेशी प्रभावको साधन बनेर नेपालको सांस्कृतिक सार्वभौमसत्तामा असर गर्ने काम गरेको आरोप लाग्न थालेको छ ।

दुई साताअघि नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)सम्झौतामा हस्ताक्षर गरेपछि काठमाडौँमा आयोजित नवौँ नानहाई बौद्ध सम्मेलनको आयोजना गरेपछी मन्त्री पाण्डेमाथी यस्तो आरोप लाग्न थालेको हो । मन्त्री पाण्डे कै अनुमतिमा भएको सो सम्मेलनको आयोजना गरिएपछी नेपालको सांस्कृतिक र राजनीतिक क्षेत्रमा चिनियाँ प्रभावबारे गम्भीर बहस हुन थालेको छ ।

यस्तै मन्त्री पाण्डेमाथि सातदोबाटो स्टेडियममा रहेको स्क्वाश कोर्टमा नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएएन)का महानिर्देशक प्रदीप अधिकारीसँग भेट गरी मन्त्रीस्तरीय प्रोटोकल उल्लङ्घन गरेको आरोप पनि लागेको छ । आलोचकहरूले यस भेटलाई अनुपयुक्त भन्दै त्यसले ‘म्याच फिक्सिङ’ वा अन्य शङ्कास्पद लेनदेनको सङ्केत गरेको दाबी गरेका छन् ।

(सीएएएन)का महानिर्देशक प्रदीप अधिकारी पनि विभिन्न विवादमा मुछिएका व्यक्ति भएको चर्चा चल्न थालेको छ ।यस्तै उनी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य इन्जिनियरका रूपमा अधिकारीमाथि कुप्रबन्धन र राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको आरोप लागेको छ ।

विवादमा मुछिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई पटक पटक बोलाए पनि हालसम्म उनीमाथी औपचारिक मुद्दा नचलाउनुले आयोगको प्रभावकारिता माथि पनि बारम्बार प्रश्न उठ्ने गरेको हो ।

एक स्रोतका अनुसार नवौँ नानहाई बौद्ध सम्मेलन मन्त्री पाण्डेको संरक्षणमा आयोजना गरिएको र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लामाको संलग्नतामा सम्पन्न भएको भनिएको छ । यस कार्यक्रममा चिनियाँ अधिकारीहरूको व्यापक उपस्थिति रहेको र होटल याक एन्ड यतीमा चिनियाँ प्रतिनिधिहरूको उल्लेखनीय जमघट देखिएको स्रोतहरूले बताएका छन् ।

नेपालमा जुन जुन राजनितिक दलहरुको सत्ता समिकरणमा देश चलाएको बखतमा पनि नेपालका राजनीतिक नेतृत्वमा पारदर्शिता र जवाफदेहिताका लागि जोडदार माग उठिरहेको छ । विदेशी शक्तिहरूको प्रभावले नेपालको सार्वभौमसत्तामा गम्भीर असर पारिरहेको सन्दर्भमा राष्ट्रिय हितमा केन्द्रित निर्णयहरूको आवश्यकता झनै महत्वपूर्ण बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस