आज:  | Sun, 22, Dec, 2024

जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने नियम हटाउँदै,आप्रवासीमा चिन्ता

३० मंसिर २०८१, आईतवार ०५:४० मा प्रकाशित ( १ हफ्ता अघि) १७९९ पटक पढिएको
नारी बाटिका


वासिङटन ३० मंसिर ।

अमेरिकाको राष्ट्रपतिमा पुनःनिर्वाचित डोनल्ड ट्रम्पले जन्मिए कै आधारमा अमेरिकाको नागरित्ता पाउने नियमलाई खारेज गर्ने भएका छन् । ट्रम्पले आफूले पदको शपथ लिएकै दिन अमेरिकामा जन्मिएकै कारण नागरिकता पाउने व्यवस्थालाई हटाउने बताएका हुन्।

उनले भनेका छन्,अमेरिकी भूमिमा जन्मिएकै कारण अमेरिकाको नागरिकता पाउने व्यवस्था अब रहनेछैन। ट्रम्पको यो निर्णयसँगै अमेरिकामा रहेका आप्रवासी नेपाली लगायतमा चिन्ता बढेको छ।

ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ लिँदै छन्। अमेरिकामा अरू देशबाट आएका वैध र अवैध तरिकाले आएर बसेका धेरै मात्रामा विदेशीहरु रहेको आप्रवासीको संख्या पनि निकै रहेको छ । साथै नागरित्ताको सवाल लामो समयदेखि बहसको विषय बन्दै आएको थियो। चुनाव प्रचारका क्रममा पनि ट्रम्पले यो मुद्दा उठाएका थिए।

विश्वका धेरै देशहरुमा नागरिकता पाउने आ(आफ्नै प्रकारको नियम हुन्छन्। अमेरिकी भूमिमा जन्मिएपछि स्वतः अमेरिकी नागरिक मानिने कानुन हालसम्म छ। अमेरिकी कांग्रेसले सन् १८६८ मा भएको गृहयुद्धपछि यो नियम लागू भएको थियो। त्यसै बेलादेखी अमेरिका आइपुगेका अश्वेतसहित सबैलाई नागरिकता दिने नियम ल्याइएको थियो।

त्यतिखेरै देखी अमेरिकामा जन्मिएका बालबालिकालाई स्वतः नागरिकता दिने प्रावधान लागू गरिएको थियो। त्यस्ता बालबालिकाका आमाबाबु अमेरिकामा वैध वा अवैध भए पनि फरक नपर्ने हाल सम्मको नियम छ । तर यस नियमलाई राष्ट्रपती डोलाल्ड ट्रम्पले हटाउन लागिएको छ ।

डिभी भिसा मार्फत अमेरिका गएका आप्रवासीहरुका लागी र खासमा यो नियम अमेरिकामा बाहिरबाट दास बनाएर ल्याइएका व्यक्तिलाई सहज बनाउन यो नियम ल्याइएको थियो।

तर पछिल्लो समयमा भने डोनल्ड ट्रम्प र उनका समर्थकले दासका रुपमा अमेरिका लगिएका व्यक्तिहरुलाई नागरिकता दिन सहज बनाइएको कानुनको गलत प्रयोग भइरहेको बताउँदै यस नियमको विरोध गर्दै आएका छन् । सत्तामा पुग्नुअघि ट्रम्प र उनका समर्थकले पनि अमेरिकी नागरिक बन्नका लागि नयाँ र कठोर कानुन बनाउनु पर्ने माग गर्दै आएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस