आज:  | Sun, 20, Apr, 2025

धादिङको गल्छीमा यात्रुवाहक बस दुर्घटना हुंदा ८ जना घाइते

३० मंसिर २०८१, आईतवार ०३:५८ मा प्रकाशित ( ४ महिना अघि) ५२०९ पटक पढिएको
नारी बाटिका


धादिङ ३० मंसिर ।

धादिङको गल्छीमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दुर्घटनाका घाइते भएकाहरुलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी नवराज सिलवालले जानकारी दिनु भयो ।

प्रहरी कार्यालय धादिङका सुचना अधिकारीका अनुसार घाइतेहरुलाई बैरेनीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ललितपुर पठाइएको हो।

रुपन्देहीको बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६६७६ नम्बरको बस शनिबार साँझ पौने ६ बजेतिर धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुंगामा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा घाईते हुनेहरुको विवरण हेर्नु होस्

१. जिल्ला कपिलबस्तु शिवराज न.पा.३ बस्ने बर्ष ४० को गोपाल सुनार दाँया आखाँमा र ओठमा चोट अबस्था सामान्य ।
२. ऐ.ऐ. बस्ने बर्ष ३९ कि अस्मीता आले मगर सुनार निधारमा र बाया आंखामा चोट अवस्था,सामान्य ।
३. ऐ. बारगंगा न.पा. ३ बस्ने बर्ष ५४ को जनक गौतम छातिमा सामान्य चोट,अबस्था सामान्य ।
४ जिल्ला सुर्खेत गुर्भाकोट न.पा.१ बस्ने बर्ष ४२ को चित्र बहादुर पाण्डे ओठमा चोट,अबस्था सामान्य ।
५. जिल्ला काभ्रे बनेपा न.पा. ७ बस्ने बर्ष ३१ को सुकराम कार्की ओठमा चोट,अबस्था सामान्य ।
६. ऐ.ऐ.ना.पा.७ बस्ने बर्ष ५८ को बिजय कार्की नाकमा चोट,अबस्था सामान्य ।
७. जिल्ला स्याङजा आधिखोला गा.पा. १ बस्ने बर्ष ५६ को नन्दलाल अधिकारी नाकमा चोट,अबस्था सामान्य ।
८. जिल्ला रामेछाप सुनापती गा.पा. १ बस्ने बर्ष ४२ को राजकुमार दास दाहिने घुडामा चोट,अबस्था सामान्य ।
थप टिपो ऐ.१८ः०० बजे सबै घाइतेलाई काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस