आज:  | Thu, 12, Dec, 2024

नेपाली सेनाका प्रधान सेनापति सिग्देल भारत प्रस्थान

२६ मंसिर २०८१, बुधबार ०५:१२ मा प्रकाशित ( १ दिन अघि) ९०० पटक पढिएको
नारी बाटिका


काठमाडौँ २६ मंसिर ।

भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । प्रधान सेनापति सिग्देललाई भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उहाँ मंगलबार भारतको भ्रमणमा जानु भएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए अनुसार, दुई देशका सेना प्रमुखलाई एक(अर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरूप सिग्देललाई भारतीय सेनाध्यक्षको निमन्त्रणा गरिएको थियो ।

यसअघि भारतीय सेनाध्यक्ष द्विवेदीले नेपालमा आएर राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका थिए । ।भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नु हुनेछ ,

यसका साथै प्रधान सेनापती सिग्देलले भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउने कार्यतालिका रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस