आज:  | Thu, 05, Dec, 2024

वेपत्ता भएकी ममताको हत्या उनकै श्रीमान नरेशले नै गरेको अमेरिकी प्रहरीको निष्कर्ष

१९ मंसिर २०८१, बुधबार ०६:२७ मा प्रकाशित ( १ दिन अघि) ७९ पाठक संख्या
नारी बाटिका


प्रवास १९ मंसिर ।

केही समयअघि अमेरिकामा भएको ममता काफ्ले हत्या प्रकरणमा उनकै श्रीमान् नरेश भट्टले हत्या गरेको पुष्टी भएको छ । अमेरिकन सेनामा जागिरे नरेश भट्टले आफ्नी श्रीमतीको हत्या गरी करिव १ सातासम्म श्रीमतीको हत्यापछी शवलाई टुक्रा टुक्रा पारी फोहोर कन्टेनर,कुखुरा फारम आदीमा फ्याँकेर वेपत्ता बनाई आफु निर्दोष सावित गर्ने हजार वहानालाई अमेरिकन प्रहरीले भट्टलार्य नै दोषी सावित गरेको हो ।

अमेरिकाको भर्जिनिया शहरमा बस्दै आएका सम्पर्क विहीन भएकी ममता काफ्लेको हत्या ममता कै श्रीमान नरेश भट्टले नै गरेको अमेरिकन प्रहरीले निष्कर्ष निकालेको हो ।

गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समय अनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीनएन रिपोर्ट सार्वजनिक गरेका थिए ।

अमेरिकन मानसास पार्कका प्रहरी प्रमुख मारियोका अनुसार भट्टको सुत्ने कोठामा भेटिएको रगत ममताको नै भएको र जुलाई २९ मा नै उनको हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनको समाचारमा उल्लेख गरिएको छ ।

यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्रको कार्पेट र बाथरुममा रगतका टाटा देखिएको थियो । नरेश भूतपूर्व अमेरिकी सैनिक हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्ने तयारी भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अहिलेसम्म भेटिएको छैन । शवको खोजी जारी रहेको तर नभेटिए पनि अनुसन्धानमा असर नपर्ने लुगोले बताएका छन् । नरेश हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस