आज:  | Thu, 05, Dec, 2024

किर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने प्रधानाध्यापक पक्राउ

१९ मंसिर २०८१, बुधबार ०४:३१ मा प्रकाशित ( १ दिन अघि) ५९ पाठक संख्या
नारी बाटिका


रौतहट १९ मंसिर ।

रौतहटस्थित एक विद्यालयका प्रधानाध्यापकले किर्ते कागजात पेश गरी विद्यालयको बैंक खाताबाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेका पाइएको छ । सोही आरोपमा प्रधानाध्यापक किशोरी चौधरी सोमवार पक्राउ परेका छन्।

चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। चौधरीमाथी लिखत सम्बन्धी अन्तर्गत कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताउनु भयो।

चन्द्रपुर नगरपालिकाबाट आर्थिक बर्ष २०८०र०८१ को बिषेश अनुदान प्राप्त भई श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा ४ कोठे भवन निर्माणको लागी ४७ लाख, ७५ हजार, ५१२ रुपैयाँ ,८५ पैसा , विद्यालयको खातामा रकम निकासा गरीएको थियो।

नियमानुसार भुक्तानी पाउने गरी उक्त रकम रोक्का गरी विद्यालय भवन निर्माणको लागी ५३ लाख,९८ हजार,२८९ रुपैयाँ,५२ पैसाको कार्य आदेश सहित ब्रहम बाबा कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरीएको थियो।

उक्त विद्यालय भवन निर्माण कार्यको प्राविधिक नाप जाँच तथा पहिलो रनिङ बिल भरपाईको आधारमा चन्द्रपुर नगरपालिकाको पत्रद्वारा २० लाख,१० हजार,५२९ रुपैयाँ,र ७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रकम फुकुवा तथा भुक्तानीको पत्र पठाएको थियो।

उक्त रकम निकाली सकेपछी विद्यालयका प्रधानाध्यापक चौधरीले चन्द्रपुर नगरपालिकाको पत्रहरुमा किर्ते हस्ताक्षर गरी २९ लाख,३५ हजार,५२९ रुपैयाँ,,७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रोक्का रहेको रकम फुकुवा गरी विद्यालयको खातामा रहेको रकम निकाली हिनामिना गरेको प्रहरी प्रवक्ता रायले जानकारी दिएका छन्।

प्रधानाध्यापक चौधरीलाई सोमवार पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचना मार्फत जानकारी गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस