आज:  | Thu, 05, Dec, 2024

आन्तरिक हवाई उडानको भाडादर बढ्यो, कुन ठाउँको कति ?सूची)को लागी तलको लिकंमा हेर्नु होस्

१९ मंसिर २०८१, बुधबार ०३:२२ मा प्रकाशित ( १ दिन अघि) १७८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १९ मंसिर ।

आजदेखी लागु हुनेगरी नेपालमा आन्तरिक हवाई उडानको भाडादर बढेको छ । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबारदेखि लागू हुने गरी आन्तरिक तर्फको हवाई भाडा दर बढाएको जानकारी दिएको हो ।

क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ मुल्य बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको जनाएको छ ।

बढेको मुल्य अनुसार विराटनगर-धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौँ(-धनगढीको भाडा ९० रुपैयाँले बढेको छ ।यस्तै पोखरा(भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।

त्यस्तै, विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौँ-सिमराको भाडा १५ रुपैयाँ, काठमाडौँ(-विराटनगरको भाडा ५० रुपैयाँ, काठमाडौँदेखी पोखरासम्मको ३० रुपयाँ र काठमाडौँ -भैरहवाको भाडादर ४० रुपैयाँले बढेको मंगलबार एक सुचना जारी गर्दै क्यानले जनाएको छ ।

Antarik Udan Bhada Dar

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस