आज:  | Wed, 04, Dec, 2024

सहकारी ठगी प्रकरणको काठमाडौंमा रविको बयान सकिएसंगै आज पोखरा पठाइने

१८ मंसिर २०८१, मंगलवार ०७:२६ मा प्रकाशित ( १ दिन अघि) ५८ पाठक संख्या
नारी बाटिका


काठमाडौं- १८ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएसंगै आज पोखरा तर्फ पठाइँदैछ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने विरुद्धमा काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाकोसमेत रकम ठगी गरेको भन्ने उजुरीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका रविको बयान तीन दिनमा सकिएको हो । अन्तिम तेस्रो दिन हिजो (शोमबार) करिब साढे ६ घण्टा लामो बयान लिइएको थियो ।

शुक्रबारदेखि शुरु भएको उनको बयान सोमबार तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसरमा तयारीका साथ पठाइएको जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले जनाएका थिए ।

हिजोसम्ममा काठमाडौंको बयान सकिएको र आज पोखरा पठाइदिने जनाइएको छ । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने तयारी भएको छ ।स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई भैरहवा लगेर पनि बयान लिइ सकेको छ ।

गत कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ ।

४ जिल्लाका सहकारी संस्थाको बचत हिनामिनाको आरोपित लागेका मध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस