आज:  | Wed, 04, Dec, 2024

अवैध मदिरा ओसारपसारको गाडीलाई रोक्न खोज्दा गस्तिमा गएका सशस्त्र प्रहरीको हत्या

१८ मंसिर २०८१, मंगलवार ०३:१९ मा प्रकाशित ( १ दिन अघि) ५७ पाठक संख्या
नारी बाटिका


सिरहा १८ मंसिर ।

अवैध मदिरा ओसारपसारको गाडीलाई रोक्न खोज्दा गस्तिमा गएका सशस्त्र प्रहरीको हत्या भएको छ । स्कोरपियोले ठक्कर दिई सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताउनु भयो । घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पनि पहिचान भइसकेको पनि प्रहरीले जनाएको छ।

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो ।

गाडीको ठक्करपछी मृतक यादवको लहानको प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो । यसअघि अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस