आज:  | Fri, 27, Dec, 2024

गुल्मीको मुसिकोट नगरपालिकामा कांग्रेस धेरै मतले काँग्रेस विजयी

१७ मंसिर २०८१, सोमबार ०५:४७ मा प्रकाशित ( ३ हफ्ता अघि) ४२१ पटक पढिएको
नारी बाटिका


गुल्मी १७ मसिर ।

हिजो भएको उपनिर्वाचनको कमतगणना कार्य जारी छ भने गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मंसिर १६ मा सम्पन्न भएको ४१ रिक्त पदको लागी भएको निर्वाचनको धेरै जसो स्थानमा मतगणना जारी छ । गणना सम्पन्न भएका मध्यका जिल्लाहरुमा कतै नेकपा एमाले,कतै नेकपा माओवादी त कतै नेपाली काँग्रेसले जित निकालेको छ ।

यस गुल्मि जिल्ला मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो चुनावमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो ।

यसपटक कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठ २५४ मतान्तरसहित विजयी भएका छन्। उनले १ हजार १ सय ८४ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत ल्याए ।

यस्तै माओवादी केन्द्रका दुर्गाबहादुर विकले १ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४४ मत प्राप्त गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस