आज:  | Thu, 30, Jan, 2025

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, निजीसहित८७ जनाको टोली जाँदै

१४ मंसिर २०८१, शुक्रबार ०५:५० मा प्रकाशित ( २ महिना अघि) ११५१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ मंसिर ।

निजीसहित८७ जनाको टोली जानेगरी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद्को बिहीवार बसेको बैठकले मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्री वलीको चीन भ्रमण स्वीकृत गरेको हो। मंसिरको १७ देखि २० गतेसम्म भ्रमण हुनेछ।

उक्त भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहने भएको छ । यससंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए। निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताए।

तरपनि ८७ जनाको टोलीसहित जान लागिएको संख्यालाई न्युनतम संख्यामै जान लागिएको बताइएको छ । भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको स्रोतलो बताएको छ ।

स्रोतका अनुसार ‘प्रधानमन्त्रीज्युको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ। एजेण्डाको बारेमा थप छलफल भइरहेको छ।’

प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको जनाइको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस