आज:  | Tue, 26, Nov, 2024

क्यानडाबाट नेपाल आउनसाथै सिनामंगल होटलमा दम्पत्तिको रहस्यमय मृत्यु, ६ वर्षे बालकले दागवत्ती दिए

११ मंसिर २०८१, मंगलवार ०५:५४ मा प्रकाशित ( ५ घण्टा अघि) ४२ पाठक संख्या
नारी बाटिका


काठमाडौं ११ मंसिर ।

क्यानडा बस्दै आएका एक युगल दम्पत्तिको नेपाल आएकै बखत सिनामंगलस्थित एक होटलमा भएको रहस्यमय मृत्युको शबलाई ६ वर्षे अबोध बालकले दागवत्ती दिएका छन् । बालकको त्यो कारुणिक दृश्र्यले सबैलाई भाभुक बनाएको छ । आफ्ना बाबु आमाको काखमा रमाउने खेल्ने बेलाका ति बालक रियान माझीले पशुपति आर्यघाटमा आफ्ना बाबुआमाका शव अगाडि उभिएर दागवत्ती दिनु पर्यो ? ।

ति अवोध बालकलाई पशुपति आर्यघाटका पुजारीले दागबत्ती दिनुपर्ने विधि सिकाएपछी आफ्ना बाव आमाको प्रार्थिव शरिर जनाउने तयारी भयो । दाहसंस्कारको पालो आयो । ५५ वर्षीय कच्छु माझीले नाति रियानलाई कपासको बत्ती बालेर दिए । अगाडि लडिरहेका आफ्नो बुबाआमाको मुखमा राख भनि सिकाई दिएका थिए ।

६ वर्षे बालक रियानको सानो हात समाउँदै हजुरबाले छोराबुहारीलाई दागबत्ती दिए । त्यसपछी ति अवोध बालक रियानको ममतामयी आमा र पुजनीय बाबु प्यारका भण्डारको शरिर आगाको मुस्लामा जलेर खरानी भएसंगै बालकको माया र ममताको संन्सारपनि क्षण भरमै चक्नाचुर भैईदियो । यसरी कलिलो उमेका आफ्ना छोरा बुहारीको मृत्युको घटना सहनु परेका सुनसरीका कच्छु माझीलाई जीवनभरको गर्वबाट शोकको महासागरमा डुबाएको छ ।

‘ड्याडी मम्मी कहिले उठ्नुहुन्छ ’ भन्ने नाती रियानको अबोध प्रश्नले सबैलाई स्तब्ध बनायो । सिनामंगलमा दम्पतीको रहस्यमय मृत्यु प्रकरणपछि देखिएको दृश्य । अबोध बालकको साना हात पछाडि तान्दै रुँदै भने, ‘अहँ मेरो ड्याडी ममुलाई पोल्छ हुँदैन।’

त्यो सुनेर हजुर बुवा कच्छु माझीका आँखा भरिएयक्षदर्शी सबैको आँखा रसाएको थियो । भित्रभित्रै मन जलेको थियो । आँसु रोक्दै कच्छुले भने, ‘बाबु, तिमीले यो गर्नैपर्छ । यो हाम्रो संस्कार हो । तिमीले दागबत्ती देउ ।’

‘ड्याडी, मम्मी कहिले उठ्नुहुन्छ ’? रियानको अबोध प्रश्नले मलामी सबैलाई स्तब्ध बनायो ।
कच्छुकी पत्नी रियानका हजुरआमा त झन यसअघि नै भूँइमा ढलि वेहोस बनीसकेकी थिइन् । आफन्तले सम्हाल्दै थिए । दागबत्ती दिएपछि शवलाई अगाडि रहेको विद्युतीय शवदाह भट्टीमा गुडाएर पठाइयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस