आज:  | Mon, 25, Nov, 2024

आज एकै दिन तोलामा १५ हजार ९ सयले सुनको मुल्य घट्यो

१० मंसिर २०८१, सोमबार ११:५१ मा प्रकाशित ( ४ घण्टा अघि) ८१ पाठक संख्या
नारी बाटिका


धादिङ १० मंसिर ।

पछिल्लो समयमा लगातार सुनको मुल्य ओरालो लाग्ने क्रम जारी छ ।

त्यसमाथी पनि हालै सरकारले सुनमा लाग्ने भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको हो। आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार एकै दिनमा करिव १६ हजारका दरले सुनको मुल्य घटेको छ ।

जस अनुसार आज नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ। हिजो (आइतबार) प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको भाउ घटेसँगै चाँदीको मुल्य पनि घटेको छ। आज प्रतितोला चाँदीको मुल्य १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सरकारले गत बिहीबार बसेको मन्त्रिपरिषद्बको बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस