आज:  | Mon, 25, Nov, 2024

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको पहिलो दिन आज धादिङवेशीमा प्रभातफेरी

१० मंसिर २०८१, सोमबार ०७:३१ मा प्रकाशित ( ५ घण्टा अघि) ८६ पाठक संख्या
नारी बाटिका


बिबियु

धादिङ १० मंसिर ।

आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी १६ दिनसम्म मनाईँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूल गर्नको लागी १६ दिनसम्म मनाईने लैंगिक हिंसा विरुद्धको अभियान हो ।

यसै सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरुको दिन आज धादिङ जिल्लाको निलकण्ड नगरपालिका अन्तर्रगत सामाजिक शाखाको संयोजनमा जिल्ला मुलसमिति गठन गरी आजबाट सचेतनामुलक कार्यक्रमको सुरुवात गरिँदैछ ।

,साथै यस १६ दिने अभियानको संयोजन निलकण्ठ नगरपालिका अन्तर्रगतको सामाजिक शाखाले गरेको छ भने यस अभियानलाई प्रभावकारी बनाउन १६ दिने लैंगिक हिंसा विरुद्धको सचिवालय समेत गठन गरी जिल्लामा पहिलो पटक सरकारी तथा गैह्रसरकारी संस्थाको कार्यक्रमलाई एकै ठाउँमा ल्याई संन्चालन गरिने भएको छ । हिंसा प्रभावितको न्यायको लागी मुख्य भुमिका निर्वाह गर्दै आईरहेको जिल्ला प्रहरी कार्यलय अन्तर्रगतको महिला,बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्र तथा लैंगिक हिंसा नियन्त्रण जिल्ला संन्जालको सहभागिता रहेको छ ।

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु हंदैछ । अभियानकै अवसरमा धादिङमा क्रियाशिल संस्थाको छाता संघ गैसस महांसंघ धादिङ शाखा,नारी जागरण केन्द्र धादिङ,नारी विकास सहकारी संस्था धादिङ, नारी संन्चार मिडिया हाउस,फोकस नेपाल धादिङ,,प्रयास नेपाल धादिङद्वारा विभिन्न कार्यक्रमहरु संन्चालन गरिँदैछ ।

यसैगरी महिला मानव अधिकार रक्षक संन्जाल धादिङ,नीलकण्ठ महिला सहकारी संस्था धादिङ,मण्डली वहुउदेस्य सहकारी संस्था,रोयम नेपाल,,परिवर्तनका लागी महिला मञ्च धादिङ, लगायतका सामाजिक संघ संस्थाले आ आफ्नै सस्थाको आर्थिक खर्च व्यवस्थापनमा यसै अभियानको १६ दिनको अवधीमा विभिन्न सचेतना र क्षमतामुलक कार्यक्रमको आयोजना गरिने भएको छ । अभियानको आज पहिलो दिनमा धादिङवेशीको पुछारबजारदेखी प्रभातफेरी (र्याली)को आयोजना पनि हुंदैछ ।

विश्वमा अत्याधिक रुपमा घरेलु तथा लैंगिक हिंसा हुने देशहरुमध्यको नेपाल पनि एक हो । यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराको साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ ।

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने आवाज उठिरहेको छ ।त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।

तर यसरी अभियानको बखतमा मात्रै लैंगिक हिंसा अन्त्य गरौं भन्दै नारा र कार्यक्रम मात्रै गरेर हिंसा अन्त्य हुनु त के हिंसा गर्ने गराउने समाजका घर,परिवार,त्यस्ता वर्गहरु,जोखिमयुक्त क्षेत्र लगायतको मानसिक र अपराधिक सोच परिवर्तन नहुदा पछिल्लो समयमा हिंसा गर्ने र गराउने नया शैलीहरु देखिन थालेका छन् । हिंसा गर्ने गराउने विरुद्ध जबसम्म स्थानीयदेखी तिनै तहका सरकार तात्दैन तबसम्म यस्था अभियानले खासै पिडकलाई असर नपार्ने जानकारहरु बताउँछन् ।

यस्तै लिभिङ टुगेदर,शिक्षित महिलाले अथवा शिक्षित पुरुषले परपुरुष तथा परस्थ्रीसंग लागेर जवर्जस्ती घरमा भएका श्रीमान् तथा जेठी श्रीमतीलाई सम्वन्धबिच्छेद,गर्न वाध्य तुल्याउने, स्वतन्त्र चाहने लगायतका आदी कारणले पनि पछिल्लो समयमा बदलिँदो स्वरुपमा लैंगिक हिंसा बढ्दो छ । कानुनले बर्जित गरिएका वहु विवाह,दाईजो पर्था,महिलाले महिलामाथी गर्ने हिंसा झनै डरलाग्दो रुपमा देखिएको छ । पिडकको सम्रक्षणमा लाग्ने राजनििितक समेन्त्र,आफन्तजन पहुँच र पावर लगायतले झनै हिंसा बढाउनमा मलजल गरिरहेको छन् ।

अर्को तर्फ महिला हिंसा अन्त्य गर्न निकै चुनौती देखिन्छ । किनकी शारिरिक,मानसिक,यौनजन्य तथा आदी हिंसाको पिडाले छट्पटिएर कानुनी सहायतमा गएका पिडितहरुले न्याय भन्दापनि त्यहाँ भित्रको असहता खेप्नु परेको अवस्था छ, ।

मुद्धा मामलामा लाग्ने ,चर्को शुल्क, कुने रेट नतोकिएको मुद्धा,मामला सुल्क,महिला कानुन वकिल (व्यवशायी)ले पिडक पुरुषको पक्षमा गर्ने वकालत,अदालतभित्र गरिने आर्थिक अवस्था कमजोर पिडितमाथीको व्यवहार र वेआस्ता,लामो समयसम्म मुद्धाको किनारा नलाग्नु तथा मुद्धाको जित भएर पनि भरपोषण प्राप्त गर्नमा कठिनाई आदी कारणले पनि हिंसा प्रभावितलाई दिवशीय अभियानले खासै सहयोग पुर्याएको देखिदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस