आज:  | Sun, 24, Nov, 2024

विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते

९ मंसिर २०८१, आईतवार ०५:१८ मा प्रकाशित ( ५ घण्टा अघि) ३७ पाठक संख्या
नारी बाटिका


महेन्द्रनगर ९ मंसिर ।

विप्लवका कार्यकर्ता सवार रहेको बस कञ्चनपुरमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना हुंदा ३१ जना घाईते भएका हुन्। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव)को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर तर्फ फर्कंदै गरेको उक्त बस दुर्घटनामा परेको हो।

दुर्घटनामा ३१ जना कार्यकर्ता घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाइतेलाई थप उपचारका लागि अत्तरिया अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस