आज:  | Sun, 20, Apr, 2025

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौ अदालतको अनुमति

५ मंसिर २०८१, बुधबार १५:१९ मा प्रकाशित ( ५ महिना अघि) १८९८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ५ मंसिर ।

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति दिएको हो ।

पछिल्लो समयमा उनी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियान गर्ने भन्दै सोको संयोजक भई बैंक तथा सहकारी संस्थाबाट ऋण लिएर तिर्नु नपर्ने भन्दै समाजमा भ्रम छर्ने लगायतका सडक आन्दोलन गर्ने गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस