आज:  | Mon, 13, Jan, 2025

भारतीय सेनाध्यक्ष द्विवेदी पाँच दिने भ्रमणका लागी नेपाल आज आउँदै

५ मंसिर २०८१, बुधबार ०९:४६ मा प्रकाशित ( १ महिना अघि) १०९१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ५ मंसिर ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागी आज नेपाल आउँदै छन्।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसै अवसरमा उनलाई भोली नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

पाँच दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्य सुचि तय भएको छ ।

भ्रमणको अवशरमा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन्। उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग पनि अन्तक्रिया र नेपाली सेनाको पश्चिम पृतनाको भ्रमण गर्नुहुने कार्यसूची रहेको छ।

प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा रही आएको छ।

साथै यसअघि पनि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर बनाउँदै सो कार्यलाई निरनतरता दिई सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण सम्वन्धका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिन्।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो।

विगतदेखि नै नेपाल र भारतबीच धार्मिक, साँस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ। खुला सीमाना र एकैखाले साँस्कृतिक सम्बन्धले पनि दुई देशीबीच जनस्तरमा समेत प्रगाढ सम्बन्ध बनाएको छ।

नेपाल र भारतका सैनिक सङ्गठनको घनिष्ट सम्बन्धले राजनीतिक र कूटनीतिक तहमा कुनै बखतमा चिसोपन आएपनि यस कार्यले चिसोपन पनि हराउँदै जाने गरेको छ। नेपाली र भारती सेनाबीचको यो सम्बन्धले एक–अर्काप्रति विश्वास र भरोसा प्रदान गर्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस