आज:  | Thu, 26, Dec, 2024

दुर्गा प्रसाईं पक्राउ, (सीआईबी)ले तीन कसुरमा मुद्दा चलाउने तयारी

४ मंसिर २०८१, मंगलवार १६:०१ मा प्रकाशित ( १ महिना अघि) ३४६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ मंसिर।

पुनः पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ ।

प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआईबीले तयारी गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैया लगानी गरेको दाबी गर्दै प्रसाईले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए ।

प्रसाईँले प्रयोग गरिएको भिडियोका सामाग्री सबै नक्कली रहेको दाबी गरिएको छ । प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।

यस्तै सीआईबीले प्रसाईँलाई आज मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने भएको छ ।

उनी यसअघि पनि गत असोज ६ गते पक्राउ गरेका थिए । विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका हुन् । उनी त्यति बेला ९ दिन हिरासतमा बसेर एक लाख धरौटीमा रिहा भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस