आज:  | Thu, 26, Dec, 2024

विद्यालय खुलिसकेपछि बिदा घोषणा ?बालबालिकाहरु बाटैमा अलपत्र,सरकारको चर्को आलोचना

४ मंसिर २०८१, मंगलवार ०७:११ मा प्रकाशित ( १ महिना अघि) ४७३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ मंसिर।

विश्वभरमौ नै सबैभन्दा बढी काम न काजको सार्वजनिक बिदा दिने देशको अग्रस्थानमा नेपाल गनिन्छ । सरकारले अनावश्यक रुपमा दिने गरेको सार्वजनिक बिदाका कारण बेलाबेलामा विवादमा पर्ने गरेको छ । नागरिकको पसिनाले सुविधा पाएका सरकारी तथा गैह्रसरकारी क्षेत्रका कर्मचारीहरुलाई कुनै न कुनै वहानामा विदा चाहिएको छ ।

किनकी कार्यलय जान नपरेपछी कोही भट्टी,कोही घुमफिर त कोही जुवा तासमा मस्त हुन रमाउछन् । यसरी विदामा आफ्ना घर परिवार,साना बालबच्चा तथा घर खेतको काममा समय सदुपयोग गर्ने त कमै मात्रामा भेटिन्छन् ।

यसरी देशका पुर्व तथा वर्तमान उच्च व्यक्तिको मृत्युपच्छाद शोक मनाउन सरकारले दिएको विदाले बरु टिकटकमा पनि धेरै सामग्री बनाउन भ्याउँछन् उनीहरु । तर जनताले भने सरकारी सेवा पाउने पुरा दिनको साईत जुरायर बस्नु पर्ने अवस्था छ । त्यसैले त सरकारको निकै आलोचना बढ्ने गरेको छ ।

कुनै विशिष्ट व्यक्ति मर्दा होस् या विदेशी विशिष्ट पाहुना नेपाल आउँदा होस्, सार्वजनिक बिदा दिने निर्णयले सरकार आलोचनामा पर्ने गर्दछ । शोक मनाउन या कसैप्रति सम्मान जनाउन बिदाको सट्टा अन्य रचनात्मक कार्य गरेर मनाउन सकिने सुझावहरु नागरिक र बौद्धिक वर्गबाट आएतापनि त्यस तर्फ सरकारले वालै दिदैन ? नागरिकको समस्यासम्म कुन सरकार पो पुगेको छ र ?

सरकारले सुन्दैन कान थुनेर बसेको छ। बिदा घोषणा गरेर अल्छी चरित्र देखाउनमै उसलाई मज्जा छ । अझ विभिन्न जाति, समुदायका चाडपर्वपिच्छे राष्ट्रिय बिदा दिनाले समेत मुलुकको प्रशासन, अर्थतन्त्र लगायत समग्र क्षेत्रमा नकारात्मक असर पर्दै गएको छ । यस्ता गतिविधिले निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा पनि अल्छिपन र कामप्रति बेवास्ता बढ्न थालेको वौद्धिक व्यक्तित्वहरुको विश्लेषण छ ।

यसपटक पनि पुनः सरकार बिदाकै कारण उच्च आलोचनाको घैँटो भरिएको छ। तर सरकारलाई यस तर्फ कुनै गुनासो नै छैन ? पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार दिउँसो नै निधन भएको थियो । तर सरकारले सोमबार बिहान लगभग विद्यालय समयमा मन्त्रिपरिषद बैठक बसेर राष्ट्रिय शोकबिदा घोषणा ग¥यो ।

उसै पनि यस्ता व्यक्तिहरु मर्दैपिच्छे बिदा दिने निर्णय गलत रहेको भनेर आलोचना भैइरहँदा अझ कार्यलय तथा विद्यालयको समयमा बिदा दिने लाजमर्दो निर्णयले सरकारप्रति आक्रोश बढेको छ । यति मात्रै हैन विदालय जान निस्केका ति साना बालबालिकाहरु बाटैमा आज सार्वजनिक विदा भयो रे भनेपछी कता घर फर्कने की विद्यालय जाने भन्ने दाधारमा बिच बाटौमै अलपत्र देखिन्थे ।

सोमबार बिहान ९ बजेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले देशभर सार्वजनिक बिदा दिने निर्णय ग¥यो । साथै पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत ग¥यो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले देशभर बिदा दिने र नेपालका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस