आज:  | Thu, 26, Dec, 2024

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

२८ कार्तिक २०८१, बुधबार ०३:५८ मा प्रकाशित ( १ महिना अघि) २८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ कात्तिक।

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार विराटनगरबाट पक्राउ परेका मन्त्री अधिकारीलाई सोहि दिन काठमाडौं ल्याइएको थियो । मंगलबार काठमाडौँ जिल्ला अदालतले अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्नको लागी अनुमति दिएको हो ।

उनलाई काठमाडौँ ल्याएकै दिन प्रहरीले अदालतमा पेश गरेको थियो । अदालतले पहिलो पटक उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस