आज:  | Thu, 14, Nov, 2024

रवि लामिछानेलाई १३ दिन थप हिरासतमा राख्न अदालतको अनुमति

२६ कार्तिक २०८१, सोमबार ०३:१३ मा प्रकाशित ( ३ दिन अघि) ४९ पाठक संख्या
फाईल तस्वीर
नारी बाटिका


पोखरा २६ कात्तिक।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्वगृह्रमन्त्री रवि लामिछानेमाथि चौथो पटक १३ दिनको म्याद थप भएको छ । आईतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसै कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनीमाथी पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ दिन र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस