आज:  | Thu, 26, Dec, 2024

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी र धादिङका महेश पाण्डेसहित अन्य पक्राउ

२५ कार्तिक २०८१, आईतवार १५:४३ मा प्रकाशित ( १ महिना अघि) ८१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ कात्तिक।

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । नक्कली कागजात बनाई जापान लगेको प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । आईतबार अधिकारीलाई प्रहरीले विराटनगर स्थित निवास बाटै पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको र आजै दिउँसो एक बजे हवाईजहाज मार्फत् काठमाडौं लगिएको छ । तत्कालीन मन्त्री अधिकारीले प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा सहितलाई जापान भ्रमणमा लिएर गएका थिए ।

सोही भ्रमणका समयमा जापान लिएर गएका मध्य मन्त्री अधिकारी बाहेक अन्य तीन जनालाई भने टोकियो स्थित जापानको अध्यागमन कार्यालय प्रवेश अनुमति नदिई नेपालमा रिर्पोट गरेको थियो । नेपाल फर्काइएपछी सोही दिन तीनै जनालाई अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो ।

नक्कली कागजपत्र तयार गर्ने गरी लिखत सम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर लामालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मन्त्री अधिकारीमाथि लागेको आरोप पछि गत बुधबार उनले पदबाट राजीनामा दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस