आज:  | Thu, 14, Nov, 2024

फोर्स गाडी दुर्घटना हुंदा ४ जनाको मृत्यु, ३० घाइते (विवरणसहित)

२४ कार्तिक २०८१, शनिबार ०६:४३ मा प्रकाशित ( ५ दिन अघि) ५१ पाठक संख्या
नारी बाटिका


सुर्खेत २४ कात्तिक।

दैलेख र सुर्खेतको सिमानामा पर्ने रातानाङ्लामा फोर्स गाडी दुर्घटनामा हुंदा चार जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा ३० जना घाइते भएका छन् । शुक्रबार दिउँसो दैलेखबाट सुर्खेत आउँदै गरेको ०२०० ख ०९९८ नम्बरको फोर्स गाडी गाडी वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ला नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दैलेख भैरवी गाउँपालिका बस्ने संगिता विष्ट, कर्ण बहादुर विष्ट, दिपिका महतरा र सुरेश खत्री रहेको सुर्खेत प्रहरीले जनाएको छ । उपचारको क्रममा उनीहरूलाई प्रदेश अस्पताल सुर्खेतले मृत घोषणा गरेको थियो ।

सोही घटनामा घाइते हुनेमा दैलेख नारायण नगरपालिका–४ का २८ वर्षीय चन्द्र मल्ल, भैरबी गाउँपालिका–३ का २८ वर्षीया जगत कुमारी बिष्ट, उनको २ वर्षीय छोरा स्माईल आचार्य, ६ वर्षीया छोरी, १२ वर्षीय राजन थापा, २१ वर्षीय प्रकाश बिष्ट, दुल्लु नगरपालिक–१२ का २६ वर्षीया चन्द्रा रावत, उनको ७ वर्षीय छोरा सन्दिप रावत, भैरबी गाउँपालिका– १ का २२ वर्षीया सम्झना भण्डारी, उनको १८ महिनाको छोरा युनिक बिष्ट रहेका छन् ।

यस्तै ऐ.ऐ. बस्ने १० वर्षीया चन्द्रा रावत, दुल्लु नगरपालिका– १९ वर्षीया सुजता रावत, सुजताकी ९ वर्षीया बिहानी, पहिचान नखुलेका १५ महिनाको बालिका पनि घाइते भएकी छन् । यस्तै सुर्खेत बिरेन्द्रनगर नगरपालिका– ८ का ३४ वर्षीया कृष्णा थापा, उनको ४ वर्षीय छोरा राजन थापा र ११ वर्षीया छोरी, दैलेख भैरबी गाउँपालिका–१ का १८ वर्षीया तुल्सी थापा रहेका छन् ।

घाइते हुनेमा २३ वर्षीया लाल कुमारी बिष्ट, २२ वर्षीया पुष्पा खड्का, दैलेख नारायण नगरपालिका–४ का २५ वर्षीय बालाराम रेग्मी, महाबु गाउँपालिका–३ का २५ वर्षीया सोबण शाही, भैरबी गाउँपालिका–२ का १७ वर्षीया घनश्याम बिष्ट, महाबु गाउँपालिका–२० वर्षीय प्रकाश बुढा र भैरबी गाउँपालिका–१ का ३१ वर्षीया रमा बिष्ट रहेका छन् ।

साथै ऐ.ऐ.बस्ने सोही गाउँका २० वर्षीया कमला बिष्ट, महाबु गाउँपालिका–३ का १६ वर्षीय हरी रावल, भैरबी गाउँपालिका– १ का २७ वर्षीया सुजता खत्री, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–३ का २१ वर्षीय सौगात मल्ल र दैलेख भैरबी गाउँपालिका–५ का ३० वर्षीय कमल नेपाली,स्मारिका आचार्य रहेका छन् । घाईतेहरुको सुर्खेतस्थित ििवभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस