आज:  | Thu, 14, Nov, 2024

सामाजिक सञ्जाल मार्फत ठगी बढीरहेकोले सचेत रहन सिआइबीको अनुरोध

२४ कार्तिक २०८१, शनिबार ०३:१५ मा प्रकाशित ( ५ दिन अघि) १७५ पाठक संख्या
नारी बाटिका


बिबियु

काठमाडौँ २४ कात्तिक।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सामाजिक सञ्जाल मार्फत ठगीका प्रवृति बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ। पछिल्लो समयमा आधुनिकीकरण संगै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी बढेकोले सिआइबीले नागरिकहरुमा सचेत रहन अनुरोध गरेको हो।

‘तपाईँलाई चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको भन्ने जस्ता प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ। तपाईंको खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने गरेको छ,’ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले सुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, त्यस्ता शंकास्पद र अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिन्छ ।’

यसरी गोप्य विवरण लिएर ह्याकरले नक्कली वा चोरीको नागरिकताको दुरूपयोग गरी सीम निकालेर र बैंक खाता खोलेर रकम निकाली ठगी गर्ने गरेको सिआइबीले जनाएको छ। शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो तथा आफु कार्यरत संस्थाको विवरण नदिन पनि सिआइबीले अनुरोध गरेको छ।

केही दिनदेखि यसरी ठगी गर्ने प्रवृति बड्दै गएको उजुरीहरू सिआइबीमा प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस