आज:  | Thu, 14, Nov, 2024

सत्रकिलोमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

२३ कार्तिक २०८१, शुक्रबार ११:३५ मा प्रकाशित ( ५ दिन अघि) १५० पाठक संख्या
नारी बाटिका


चितवन २३ कार्तिक ।

सुक्रबार विहान नारायणगढ–मुग्लिन सडक अन्तर्गत सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रो बस ठोक्किएर दुर्घटना हुदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङसहित पाँच जनाको मृत्यु भएको हो ।

साथै मृतक मध्य माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज विहान मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी घाईते भएकाहरुको उपचारका लागि भरतपुर अस्पतालमा लगिएका उनीहरू सबैको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। ज्यान गुमाउने र घाइते सबै माइक्रो बसका यात्रुहरू हुन्। बसमा सवार यात्रुहरूको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ।

बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सूर्य विक्रम बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै घटनाको सम्वन्धमा अनुसन्धान भैइरहेको चितवन प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस